मनाङ्ग एयरको नयाँ हेलिकोप्टरले व्यवसायिक उडान शुरु गर्यो |

काठमाडौं । मनाङ्ग एयरले नयाँ हेलिकोप्टरमार्फत थप उडान शुरु गरेको छ ।
गत वैशाख १ गते सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ्गमा राखेको मनाङ्ग एयरको हेलिकोप्टरमा ठोक्किए पछि एउटा मात्र हेलिकोप्टर संचालनमा थियो ।

सोमबारबाट दुई वटै हेलिकोप्टरले व्यवसायिक उडान संचालन गरेको मनाङ्ग एयरले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नयाँ हेलिकोप्टरले २३ हजार फिटको उचाईसम्म सुरक्षित उडान गर्न सक्ने छ ।
