टीभीएसले भाइवरको साथमा फेरि ल्यायो डाउनलोड एण्ड विन चाडपर्व अफर |
काठमाडौं । जगदम्बा मोटर्स प्रालिले टीभीएस मोटरसाइकलमा म्यासेन्जिंग एपलिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढि उत्साह थप्न शुरु गरिएको हो ।
यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्र्दछ । विजेताहरु लक्की ड्र मार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टीभीएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ ।
यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासीक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासीक स्कुटर हो । टीभीएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ ।