खानेकुरा सुरक्षित राख्ने उपाय |

पाहुनालाई खाना खान बोलाउँदा होस् वा अन्य बेला, घरमा सामान्य अवस्थामा प्रयोग हुनेभन्दा बढी ल्याउँदा तरकारी, फलफूल र अन्य खानेकुरा खेर जाने सम्भावना वढी हुन्छ । आवश्यकताभन्दा बढी उपभोग्य वस्तु किन्दा ती उपयोग नभई खेर जाने गर्छन् । तसर्थ यहाँ हामीले बढी भएका खानेकुराको उपयोग गर्ने तरिकाका बारेमा चर्चा गर्न खोजेका छौं ।
१. खानेकुराको योजना बनाउने र फ्रिजमा राख्ने

खाना आवश्यकताअनुसारको मात्र बनाउनुपर्छ । वढी भएको खानालाई फ्रिजमा राखेर सुरक्षित गर्न सकिन्छ ।
२. धेरै पाकेको फलफूलबाट जाम बनाउने

फ्रिजमा राखेको फलफूल पनि धेरै पाकेको छ भने त्यसलाई फ्याँक्नुको सट्टा जाम बनाएर त्यसको उपयोग गर्न सकिन्छ । त्यसैगरी त्यसको ड्रिङ्क्स बनाएर पनि प्रयोगमा ल्याउन सकिन्छ ।
३. बासी बे्रड

बे्रड बासी भएपछि फ्याँक्नुको साटो त्यसलाई दूधमा राखेर पुडिङ बनाएर पनि खान सकिन्छ । यस्तो ब्रेडलाई ओभनमा सेकेर जामसँगै अथवा उत्तिकै खाँदा पनि हुन्छ ।
४. तरकारी भण्डारण

यदि धेरै मात्रामा तरकारी खरीद गरेर ल्याउनुभएको छ भने त्यसलाई सुक्खा गरेर राख्ने गर्दा कुहिने समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै, तरकारी बढी भएको वा कुहिन लागेको अवस्थामा त्यसलाई अचार बनाएर पनि प्रयोगमा ल्याउन सकिन्छ । अचारले खानामा छुट्टै स्वाद ल्याउँछ । साथै, तरकारीको फ्याँकिनबाट पनि बच्छ ।
५. फाटेको दूध

फाटेको दूधलाई पनि उपयोगमा ल्याउन सकिन्छ । त्यस्तो दूधको पनिर बनाउन सकिन्छ । पनिर बनाउन दूधमा थोरै कागतीको रस हालेर मन्द आगोमा पकाउनुपर्छ । त्यसो गर्दा सबै पानी बाफ बनेर जान्छ र बाँकी रहेको बाक्लो भागले पनिर बनाउन सकिन्छ ।
६. टमाटर

कतिपय अवस्थामा टमाटरको उपयोग गर्न सकिँदैन र चाँडै खराब हुने भएकाले पनि फाल्नुपर्ने हुन्छ । तर, त्यस्तो समस्याबाट छुटकारा पाउन र टमाटर खेर जान नदिन त्यसलाई ससको रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।