चिनियाँ राष्ट्रपतिको स्वागत तयारी तिव्र |

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सडक मर्मत सुरू गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सरकारले दसैंको चटारोमा धमाधम सडक मर्मत तथा सजावट गर्न थालेको हो ।
सी चिनफिङ ओहोरदोहोर गर्दा प्रयोग हुने सडकखण्ड( एयरपोर्ट, माइतीघर, थापाथली, त्रिपुरेश्वर, शीतल निवास, माइतीघर, भद्रकाली बाइपास, गौशाला, केशरमहल, दरबारमार्ग तीनधारा, भद्रकाली, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, सिंहदरबार, कालिमाटी लगायतमा सडक मर्मत गरिएको छ ।
मजदुरहरू अबेर रातिसम्म काम गरेर भए पनि काम सकाउन हतार गरिरहेका छन्। सडक छेउछाउमा नेपालीपन झल्काउने फ्लेक्स राखिएको छ भने तीनकुनेको खाली भागको बाहिरी घेरामा बिरूवाहरू रोपेर हरियाली बनाउने काम पनि भएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि सडक मर्मत गरिएको थियो । चिनियाँ राष्ट्रपतिको भ्रमण मिति टुंगो भने भइसकेको छैन ।