भारतबाट आयो इन्धनको बढेको मूल्य सूची, नेपालमा भने तत्कालै नबढ्ने |

काठमाडौं । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको जानकारी दिएको छ ।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल नबढाइएको स्पष्ट पारेको छ ।
अक्टोबर १ तारिकमा आईओसीबाट निगमले प्राप्त गरेको नयाँ मूल्यसूची प्राप्त गरेको थियो । त्यसमा सबै खाले इन्धनको मूल्य बढेको छ ।
स्वचालित मूल्य प्रणाली अन्र्तगत निगमले मूल्य समायोजन गर्नुपर्ने भए पनि दशैं लगायत मूल्य चाडपर्वका कारण मूल्य स्थिर राखिएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।
यसअघि आईओसीको नयाँ मूल्य सूचीका आधारमा इन्धनको मूल्य घटाउने रबढाउने प्रचलन थियो । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ६ पैसा, डिजेलमा ३ रुपैयाँ ६३ पैसा, मट्टितेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा तथा एलपी ग्यासमा १५ रुपैयाँ ९८ पैसाले मूल्य बढेको निगमले जनाएको छ ।