गुरु नानकको ५५० औं जन्मदिनको अवसरमा सिक्का तथा पुस्तक सार्वजनिक |

काठमाडौं । गुरु नानकको ५५० औं जन्मदिनको शुभ अवसर पारेर नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले एलफ्ट काठमाडौं ठमेलमा १००, १००० र २५०० को सिक्का सार्वजनिक गरेका छन् ।

सिख समुदायका प्रख्यात सदस्यहरूको साथमा सोही दिन “सिख हेरिटेज अफ नेपाल” नामक पुस्तक पनि एलफ्ट काठमाडौं ठमेलको संकलन हलमा विमोचन गरिएको थियो । ५०० वर्ष अगाडि गुरु नानकले काठमाडौंको बाहिरी इलाका बालाजु क्षेत्रमा भ्रमण गरेका थिए भन्ने विश्वास गरिन्छ ।


