सातौं मेडइन नेपाल एक्सपो शूरु |
ललितपुर । ललितपुर सानेपाको होटल गार्डेनमा सातौँ मेडइन नेपाल एक्पो शुरु भएको छ । दुइदिने एक्पोको उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरे । एक्पोको उद्घाटन गर्दै मन्त्री यादवले मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागी गतिलो जवाफ दिएको बताए । युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्सो मार्फत प्रस्तुत गरेको उनको भनाई थियो ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । मन्त्री यादवले भने, युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार छ, गरी पनि रहेको छ, गर्ने तपाईहरुले नै हो सरकारले सहजीकरण गर्छ । देशमा व्यवसाय गर्ने वाताबरण छैन भन्ने कहिँ कतै सुनिन्छ तर युवाहरुले आफैले केही गर्न सकिन्छ भनेर लाग्नु भएको छ । सरकारले उहाँहरुको आट र हिम्मतलाई सम्मान गर्छ र हौसला दिन्छ । उहाँहरुका केही समस्याहरु छन् भने मन्त्रालयमा बोलाएर पनि छलफल गर्न सकिन्छ, उनले भने । उनले कतिपय युवा उद्यमीहरुले स्वदेशी उत्पादनहरु निर्यात पनि गरिरहनु भएको छ । निर्यातमा देखिएका समस्या समाधान र सहजीकरण गर्न पनि सरकार तयार छ, उनले भने ।
मेला आयोजक नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीहरुलाई स्पेश उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । युवा उद्यमीहरु प्रशस्त हुनुहुन्छ, उनले भने, ‘आफुले उत्पादन गरेका सामग्रीहरुले सहज बजार पाउन सकेको अवस्था छैन, उद्यमीहरुले उत्पादीत समाग्रीहरुको बजारीकरण गर्न सकोस् र दुईचार पैसा आम्दानी पनि गर्न सकोस् भनेर एक्पोको आयोजना गरेका हौँ ।’ धेरै युवाहरु स्वदेशमा अवसर नपाएको भन्दै विदेशीने मोह बढीरहेको अवस्थामा युवा उद्यमीहरुलाई उद्यम गर्न थप प्रोत्साहन होस् भनेर पनि एक्सपोको आयोजना गरिएको अध्यक्ष पाण्डेको भनाई छ । उहाँले सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने र सर्टिफिकेट राखेर विना धितो ऋणलिन पाउने व्यवस्थालाई सहज बनाइदिए धेरै युवाहरु उद्यमी बन्न सक्ने बताए ।
प्रदर्शनी स्थलको व्यवस्था नहुँदा पनि उद्यमीहरुलाई निकै समस्या परेको उहाँको भनाई थियो । हामीलाई प्रदर्शनी स्थलको पनि ठुलो समस्या छ, विभिन्न ठाउँ चाहारेर प्रदर्शनी गर्नुुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो, सरकारले एउटा निश्चित स्थान तोकेर हामीलाई प्रदर्शनी स्थल बनाइदियो भने धेरै सजिलो हुने थियो ।
अध्यक्ष पाण्डेले नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा नयाँ उद्यम गर्न चाहानेहरुलाई क्यानडाबाट विजनेश एक्पर्टहरु झिकाएर विजिनेश तालिम पनि प्रदान गरिँदै आएको जानकारी दिए । हाल नेपाल युवा उद्यमी मञ्चमा देशभरका ४ सय ५० भन्दा बढी उद्यमीहरुको सहभागिता रहेको छ । प्रदर्शनीमा नेपालमा उत्पादीत कपडा, मूर्ती, विभिन्न जडिवुटी, अर्गानिक तरकारी,पश्मिना अचार, मह, लगायत विभिन्न कम्पनीका उत्पादन तथा फुड, बैकिन गरी १ सय वटा स्टलहरुको सहभागीता रहेको छ । मेला आज शनिवार सम्म चल्नेछ ।
राज्यले सहयोग नगरेको उद्यमीहरुको गुनासो
नेपाली युवा उद्यमी मञ्चको आयोजनामा सुरु भएको मेडइन नेपाल एक्सपोमा सहभागी उद्यमीहरुले राज्यले सहयोग नगरेको गुनासो गरेका छन् । एक्सपोमा सहभागी अधिकाशं उद्यमीहरुले सरकारले आफुलाई प्रोत्साहन नगरेको बताएका छन् । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता एकातिर छ भने अर्को तर्फ बजारीकरण समस्या छ एक्सपोमा सहभागी उद्यमीले भने निकै गाह्रोसँग व्यवसाय धनिरहेका छौँ, यस्तै अवस्था रह्यो भने कति दिन सम्म चल्ला र ? उद्यमीहरुले भने राज्यले सहज रुपमा बैकबाट ऋणलिन सक्ने बाताबरण बनाइदिने र बजारको व्यवस्था गरिदिए हामी जस्ता उद्यमीहरुलाई धेरै सहज हुने थियो । नेपाली उत्पादहरुलाई ब्राण्डिन गरिदिने र बाह्य मुलुकहरुमा हुने प्रदर्शनीमा आफ्ना उत्पादन पुर्याउन सक्ने बताबरण भयो भने पनि धेरै सहज हुने युवा उद्यमीहरुको भनाइ छ । यस्तै उद्यमीहरुले निर्यातजन्य बस्तुहरुमा राज्यले उपलब्ध गराउँदै आएको इन्टेनशिप बढाइदिन पनि माग गरेका छन् ।
नयाँ पुस्ताको बढ्दो आकर्षण र प्रविधिको उपयोग
उद्यम गर्न विभिन्न समस्या रहेको बताइए पनि उद्यमी बन्न र उद्यम गर्न नेपालमा युवाहरुको आकर्षण बढ्दै गएको छ । लिरिशा तुलाधर भर्खर १९ बर्ष कि भइन् उनले अजिज प्रोडक्र्ट अर्थात हजुर आमाहरुले हातले बुनेर बनाउने गरेका मोजा, पञ्जाहरु विभिन्न स्थानबाट संकलन गरेर अनलाइन मार्फत विक्रि गर्दै आएकी छिन् । उनले आजिम प्रोडक्ट डटकम खोलेर ति समाग्रीहरुको प्रचार गर्दै आएकी छिन् । उनको परिवार व्यवसायको क्षेत्रमा नभएपनि उनले आफ्नी फुपु दिदीसँग मिलेर यो काम गर्दै आएको बताइन् । हजुर आमाले घर घरमा मख्लर, टोपी बुनेर सित्तैमा आफन्तहरुलाई बाँड्ने गर्नुहुन्थ्यो, तर हामीले तिनै सामाग्री केही पैसा लिएर दिने सोच बनायौँ । विस्तारै राम्रो हँुदै गयो हजुर आमा पनि अम्दानी हुने भएपछि खुशी हुनुभयो । विस्तारै हामीले यो कन्सेप्टलाई अन्य ठाउँमा पनि विस्तार गर्यौं । अहिले थुपै्र हजुरबुबा, हजुरआमाहरुले घरमै बसेर आम्दानी गर्न सफल हुनुभएको छ । यसले बृद्धबृद्धा भएपछि बुढाबुढीलाई बृद्धाश्रम पुर्याउने प्रवृत्तिमा कमि आउला भन्ने विश्वास हामीले लिएका छौँ, उनले भनिन् । सरकारले सहयोग र प्रोत्साहन गर्न सक्यो भने यो अभियानलाई देशभर विस्तार गर्न सकिने थियो भने थुपै्र हजुरबुबा हजुरआमाको सीपले स्थान पाउने थियो, हामीलाई पनि हौसाल मिल्ने थियो, तुलाधारले भनिन् ।
लिरिशा तुलाधार जस्तै अन्जना मल्ल पनि पुनःप्रयोगमा आउने प्याड बनाउने उद्यममा लागेकी छिन् । उनले डेज फर गर्ल नामक संस्थामा आवद्ध भएर महिनावारी भएको बेला प्रयोग गरिने प्याडको निमार्ण सम्बन्धी तालिम पनि उपलब्ध गराउने गरेको बताइन् । एक पटक १ सय ५० रुपैयाँमा प्याड किने पछि तीन बर्ष सम्म त्यसको पुन प्रयोग गर्न मिल्ने उनको भनाई छ । नेपालका छाउपडी प्रथा तथा महिलाहरुमा हुने महिनावारीको बारेमा विभिन्न बुझाईहरु रहेकाले त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने आफुलाई लागेपछि यस क्षेत्रमा आकर्षित भएको उनले बताइन् । उनले हालसम्म देशका विभिन्न स्थानमा पुगेर स्थानीय महिलाहरुलाई पुनः प्रयोगमा आउने प्याड बनाउने तालिम प्रदान गरिसकेकी छन् । यस्ता सीप दिने हो भने महिलाहरु पनि सक्षम हुने थिए, स्वरोजगार बन्ने बाटो खुल्ने थियो । यसमा राज्यले पनि सहयोग गरेका खण्डमा देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने थियो, उनले भनिन् ।