फोनपेको ५० हजार मर्चेन्ट पुग्यो, दसैंतिहार लक्षित योजना सार्वजनिक |
काठमाडौं । फोन–पे प्रालिले पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पेमा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।
फोन पे बैंकिङ वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पेमा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन्। जहाँबाट नेपालभरका ७० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । फोन पेले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नो क्षमतालाई थप गर्दै लैजान चाहेको विज्ञप्तिमा उल्लेख छ ।
५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पेले ‘असाधारण दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० वटा मर्चेन्टले १००० रुपैयाँ, २ वटा मर्चेन्टले ५ हजार रुपैयाँ, १ वटा मर्चेन्टलले १० हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । साथै एउटा लक्की मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ। विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइनेछ ।