ओपोद्वारा नेपालमा ए सिरिज २०२० सार्वजनिक, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन |
काठमाडौं । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० सोमबधार आधिकारिक रुपमा सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गिय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेट हो ।
उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशन यूवाका लागि अपरिहार्य उपकरणका रुपमा रहिरहने कम्पनीले बताएको छ ।
८ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख बिक्री केन्द्रमा उपलब्ध हुनेछ । यसको बजार मूल्य रु. ३५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।
मूल्य रु. २७ हजार ९ सय ९० निर्धारण गरिएको ४ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२०, मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइट रंगमा सेप्टेम्बर २४ देखि नै नेपालभरका प्रमुखविक्रि केन्द्र मार्फत उपलब्ध हुने जनाइएको छ ।