खर्च गर्न नसक्ने रकम तत्कालै फिर्ता गर्नुस् ː अर्थमन्त्री खतिवडा |
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले खर्च गर्न नसक्ने रकम तत्काल फिर्ता गर्न विकासे मन्त्रालयहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक) को आइतबार बसेको ४६ औं बैठकमा उनले यो धारणा राखेका हुन् ।
यो बैठकको अध्यक्षता केपीशर्मा ओलीले गरेका थिए भने सबै मन्त्री सामेल थिए।खर्च गर्न नसकेर फ्रिज हुने अवस्थाका आयोजनाहरुले खर्च प्रणालीलाई नै प्रभावित पारेको उनको भनाइ छ ।
अघिल्लो वर्षको शुरुदेखि नै आफुले खर्च गर्न नसक्ने देखिए पिर्ता गर्न आग्रह गरेको बताए । ‘यो वर्ष पनि म यही कुरा दोहोर्याउन चाहन्छु ।’ उनले भने, ‘अधुरा आयोजनाहरु सम्पन्न गर्न आयोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा उनले जोड दिए ।’