संविधान दिवशका अवसरमा २८२ जना कैदीलाई आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस |

काठमाडौं । सरकारले संविधान दिवशको दिन पारेर २८२ जना कैदीलाई आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम २८२ जना कैदीहरूको कैद, दण्ड, जरिबाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिने राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
मन्त्रिपरिषद् बैठकले सेनाका सहायक रथी दर्जाको विशेष पद (४ वर्षका लागि) सिर्जना गर्दै महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको हो । प्राविधिक प्रमुख सेनानी बानिरा थापा र अमुल कार्कीढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय भएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।