चेम्बर र नेपालका लागि रसियाली राजदुतबिच भेट |

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभ सँग भेट गरेका छन् । भेटका अवसरमा दुई पक्षिय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ ।

सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, व्यापार मेला तथा प्रदर्शनिमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० बारे समेत छलफल भएको छ ।