ब्राण्डिङमा योगदान पुर्याउँदै सकियो फर्निचर एक्स्पो, ८१ हजारले गरे अवलोकन |
काठमाडौं । फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्धेश्यले आयोजना भएको सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सफलताका साथ सकिएको छ । विगत वर्षहरुमाभन्दा यस पटक अवलोकनकर्ताको अधिक चाप देखिएकाले एक्स्पोका आयोजक तथा व्यवस्थापकहरु उत्साहित बनेका छन् । ५ दिनको अवधिमा ८१ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा ५ दिनसम्म चलेको एक्स्पोमा आयोजना रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । एक्स्पोमा सञ्चालित रक्तदान कार्यक्रममा ११३ प्रिन्ट ब्लड संकलन भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिगं संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, प्रदर्शक तथा अवलोकनकर्ता लगायतले रक्तदान गरेका थिए । मेडिसिटी अस्पतालको प्राविधिक सहयोगमा संचालित रक्तदानमा लायन्स क्लफ अफ काठमार्डौ सेन्टर, लायन्स क्लफ अफ चावहिल र लायन्स क्लब अफ टिचर्सले सहयोग गरेका थिए ।

अवलोकनकर्ताको बाक्लो उपस्थितीका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । आगामी वर्षहरुमा अझै परिष्कृत रुपमा आधुनिक उत्पादनहरुलाई समेट्दै एक्स्पोलाई निरन्तरता दिने संयोजक