बुद्ध एयरले नयाँ एटीआर–७२ जहाज भित्र्यायो |
काठमाडौं । बुद्ध एयरले अर्को नयाँ जहाज ल्याएको छ । वुद्धले थप एउटा एटीआर–७२ जहाज भित्र्याएको हो । चेन्नईबाट उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको कम्पनीले बताएको छ । अब बुद्धको जहाज संख्या १३ पुगेको छ ।
जसमा ८ वटा एटीआर(७२ छन् । एटीआर(४२ जहाज तीन वटा छन् । बुद्धसँग दुईवटा १९०० डी जहाज पनि छन् ।
कम्पनीले अर्को जहाज आगामी अक्टोबरमा ल्याउनेछ । कम्पनीका अनुसार नयाँ जहाजले दशैंअघिनै सेवा थाल्नेछ । नयाँ जहाजले दशैं, तिहार र छठका लागि यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीलको मर्मत सम्भार र नियमित उडानको व्यवस्थापन तथा विलम्बलाई घटाउन पनि सहयोग पुग्ने कम्पनीले बताएको छ ।