पियाजियो एपे सीटी डिलक्स नेपाली बजारमा |
काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स्ले नेपाली बजारमा पियाजीयो एपेसीटी डिलक्स नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले पियाजियो थ्री ह्विलर्सको नयाँ मोडल पियाजियो एपे सीटी डिलक्सले नेपाली बजारमा राम्रो बजार हिस्सा पाउने अपेक्षा लिएको जनाएको छ ।
नयाँ इन्जिन, पहिलेभन्दा बढी माइलेज, आरामदायी साथै स्पेसियस र यसको आकर्षक लुक्सका कारण एपे सीटी नेपालमा सफल हुने कम्पनीले दाबी गरेको छ । आज काठमाडौंमा एक कार्यक्रम गरि पहिलो दिन नै १०० यूनिट एपे बिक्री भएको कम्पनीले जनाएको छ ।
उक्त एपे सीटी सार्वजनिक कार्यक्रममा कार्यक्रम पियाजियो भेइकल इण्डियाका उपाद्धक्ष शूधान्सु अग्रवाल, एक्सर्पोट मेनेजर दिपक कुमार, पियाजियोका हेड अफ अपरेशन विजय महतो र दुगड़ ब्रदर्स एण्ड सन्स्का जनरल मेनेजर वेद प्रकाश शर्माको उपस्थिति रहेको थियो ।
नेपालका बिभिन्न स्थानमा यात्रु ओसार पोसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पुँजी लगानीबाटै संचालन गर्न सकिने हुँदा तराईका जिल्लामा चर्चित बन्दै गएको छ ।