मनिग्रामको प्रवद्र्धन योजनामा २४ जना पुरस्कृत, दशैं तिहार लक्षित नयाँ योजना घोषणा | पैसा पठाउँदा दोब्बरसम्म भुक्तानी पाइने
काठमाडौं । विश्वव्यापी मनिट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक मनिग्रामले बजार प्रवद्र्धन योजनाअन्तर्गत् आफ्ना २४ जना ग्राहकहरुलाई पुरस्कृत गरेको छ । मानिग्रामले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी आफ्नो प्रवद्र्धन योजनाअन्तर्गत् छनोट भएका २४ जना ग्राहकहरुलाई उनीहरुले प्राप्त गरेको रकमको दोब्बर रकम हस्तान्तरण गरेको हो । मनिग्रामले गएको मेदेखि जुलाई महिनासम्म सन्चालन गरिएको योजनाअन्तर्गत् ग्राहकहरुलाई हरेक हप्ता दोब्बर रकम पार्ने योजना ल्याएको थियो । सोही योजनाअनुरुप ग्राहकहरुलाई सम्मान गरेको हो ।
बिहीबारको कार्यक्रममा रामेश्वर बस्नेत, सीता पुन, बीरबहादुर गुरुङ, गोपालबहादुर अधिकारी, सीता कामी, मदन रानाभाट, बिनु सुनार विक, सन्तोष पौडेल, मिलन कार्की, रमेशचन्द्र खनाल, गणेश चन्द, खुस्बु रजत र गीता श्रेष्ठ र उनका परिबारले त्यस्तो पुरस्कार प्राप्त गरेका हुन् ।
त्यस्तै, मनिग्रामले दशैं तिहारलक्षित नयाँ योजना सार्वजनिक गरेको छ । वैदेशिक रोजगारी, शिक्षा लगायतका कारणले विदेश गएकाहरुले आफ्ना परिवारलाई रकम पठाउँदा मनिग्रामको सञ्जाल प्रयोग गर्ने ग्राहकलाई दोब्बरसम्म भुक्तानी दिने योजनासहित मनिग्रामले नयाँ कार्यक्रम घोषणा गरेको हो ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा मनिग्रामका लागि भारतीय उपमहाद्विप, इन्डो–चाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख शेसागिरी मालियाह र मनिग्रामकी एशिया प्यासिफिक, दक्षिण एशिया र मध्यपूर्व क्षेत्रकी मार्केटिङ प्रमुख सब्रिना चानले सो कार्यक्रमको घोषणा गरेका हुन् ।
मनिग्रामले २०७६ सालको दसैं र तिहारको उपलक्ष्यमा यही भदौ १५ गतेदेखि आउँदो मंसिर १४ गतेसम्म लागू हुनेगरी मनिग्राममार्फत् रकम भुक्तानी पाउने सबैजनालाई भाग्यशाली ‘ड्र’मा सहभागी गराइ विजेताले आफ्नो रकमको दोब्बर रकम प्राप्त गर्नसक्ने गरी योजना ल्याएको जनाएको छ ।
कार्यक्रममा आफ्नो भनाई राख्दै मनिग्रामका लागि भारतीय उपमहाद्विप, इन्डोचाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख शेसागिरी मालियाहले मनिग्रामले सुरक्षित र भरपर्दो माध्यमबाट रेमिट्यान्स प्रवाह गर्दै नेपालको आर्थिक अवस्था र सामाजिक सांस्कृतिक अझ मजबुत गर्न सहयोग पुर्याउँदै आएको बताए ।
त्यस्तै, मनिग्रामकी एशिया प्यासिफिक, दक्षिण एशिया र मध्यपूर्व क्षेत्रकी मार्केटिङ प्रमुख सब्रिना चानले मनिग्रामले परिवारहरुलाई दोब्बर खुसी दिँदै आएको भन्दै नेपालले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्न समेत मनिग्रामले सहयोग गर्ने बताइन् ।
मनिग्रामले विश्वका २०० भन्दा बढी देशहरुमा आफ्नो सम्पर्क सञ्जाल स्थापित गरेको छ । ती सबै देशका जुनसुकै स्थानबाट समेत यो नेटवर्कमो मध्यमबाट रकम आदानप्रदान गर्न सकिनेछ । नेपालमा मनिग्रामको नेटवर्कमा युनाइटेड रेमिट, आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, सम्सारा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर आवद्ध छन् ।