नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १५.८९ प्रतिशत बोनश शेयर दिने |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २० र २१ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संचालक समितिको अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाले विशेष र साधारण प्रस्तावहरु पारित गरेको छ ।
शेयरधनीको उल्लेखनिय उपस्थिति रहेको साधारणसभाले आर्थिक वर्ष २०७४∕७५ को मुनाफाबाट चुक्ता पुँजीको १५.८९ प्रतिशत बोनश शेयर र उक्त बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
तर, समितिको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने विशेष प्रस्तावमाथि कुनै कारवाहि हुन सकेन ।