वर्षातका आयुर्वेदिक औषधि |

वर्षातले गर्मीबाट राहत दिलाउँछ । मनसुनको समयमा बिरामी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो सिजनमा विभिन्न किसिमका स्वास्थ्य समस्या आउने गर्छ । वर्षातमा पेट दुख्ने, ज्वरो आउनेलगायत समस्याका साथै डेङ्गु, मलेरिया, निमोनिया, रुघाखोकीजस्ता रोगको डर पनि हुन्छ । विशेषगरी रोगप्रतिरोधी क्षमता कमजोर भएकालाई वर्षायाममा बढी मात्रामा स्वास्थ्य समस्या देखिन्छ । यो समयमा हुने विभिन्न भाइरल र ज्वरोका लागि एण्टिबायोटिक औषधिभन्दा घरायसी उपचार बढी प्रभावकारी हुन सक्छ । त्यसकारण उपयोगी आयुर्वेदिक उपचार विधिबारे यहाँ चर्चा गरिएको छ ː
नीमको पात

भाइरल इन्फेक्शन ठीक पार्न नीमको पात एकदमै उपयोगी हुन्छ । नीमको १०∕१२ ओटा पात पानीमा राखेर उमाल्नुहोस् । त्यसपछि यसलाई छानेर पिउनुहोस् । यस्तो पानी दिनमा दुई÷तीनपटक पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
लसुन

लसुनमा एण्टिब्याक्टेरियल गुण हुन्छ । तीन÷चारओटा लसुनका केस्रा टुक्रा पारेर काँचै खानुहोस् । यसको सेवनले चिसो, रुघाखोकी तथा ज्वरो कम हुन्छ ।
अदुवा

एउटा सानो टुक्रा अदुवालाई पानीमा उमाल्नुहोस् । यसमा कागती तथा मह मिसाएर चियाको रूपमा पिउनुहोस् ।
मह

महमा एण्टिअक्सिडेण्ट हुन्छ । एक चम्चा महलाई कागतीको रस तथा मनतातो पानीमा राखेर पिउनाले कफ तथा घाँटीको दुखाइबाट छूटकारा मिल्छ ।
बेसार

तातो पानीमा एक चम्चा बेसार मिसाएर पिउनु लाभदायक हुन्छ । यसमा एण्टिब्याक्टेरियल गुण तथा एण्टिभायरल गुण हुन्छ ।
दालचिनी

यसले रुघाखोकी तथा घाँटीको दुखाइ कम गर्छ । आधा चम्चा पिसेको दालचिनी लिनुहोस् । यसमा मह मिसाएर दिनमा दुईपटक खानुहोस् ।
चमेलीको फूलको पात

यसमा रहेको एण्टिब्याक्टेरियल तथा एण्टिभायरल गुणले गर्दा रुघाखोकीबाट राहत दिलाउँछ । चमेलीको फूलको पातलाई पिसेर त्यसबाट एक चम्चा रस निकाल्नुहोस् । यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।
तुलसी

यसमा एण्टिब्याक्टेरियल तथा एण्टिफङ्गल गुण हुन्छ, जुन गला बसेको, रुघाखोकी तथा मलेरिया भएका बेला लाभकारी हुन्छ । १०÷१५ ओटा तुलसीका पातलाई एक कप पानीमा राखेर उमाल्नुहोस् । यसलाई दिनमा दुईपटक पिउनुहोस् ।
केमोमाइल

केमोमाइलले कीटाणु तथा भाइरलसँग लड्न सहयोग पु¥याउँछ । यो चियापत्ती बेच्ने पसलहरूमा पाउन सकिन्छ ।
ग्रीन टी

रुघाखोकी तथा घाँटीको दुखाइ यसले ठीक गर्छ । यसलाई दिनमा दुई÷तीनपटक पिउनाले शरीरलाई आराम मिल्छ ।