युनिलिभरको प्रति शेयर ७७० रुपैयाँ लाभांस दिने प्रस्ताब |
काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको नाफाबाट प्रति शेयर ७७० रुपैयाँ नगद बाँड्ने निर्णय गरेको छ । कम्पनीले गत बर्ष ७०० रुपैयाँ नगद लाभांस घोषणा गरेको थियो ।
कम्पने अघिल्लो आर्थिक बर्षमा प्रति शेयर १२७० रुपैयाँका दरले नगद लाभांस दिएको थियो । गत वर्ष कम्पनीले एक अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो । कम्पनीले ५ अर्ब ७५ करोडको कारोबार गरेको थियो । अघिल्लो बर्ष नाफा ९९ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीको लाभांस गत बर्षभन्दा बढेपनि अघिल्लो बर्षको तुलनामा कम हो । कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ ।
प्रतिशेयर आम्दानीको हिसावले सबैभन्दा अगाडि युनिलिभर रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११५८ रुपैयाँ छ ।
उत्पादन बिक्री र अन्य आम्दानी सहित जम्मा आम्दानी १७ प्रतिशतले सुधार भएर ६ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै जम्मा खर्च २१ प्रतिशतले बढेर चार अर्ब ८९ करोड रुपैयाँ पुगेको देखिन्छ ।
कम्पनीको जगेडा कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा भएको छ । सर्वा्धिक महँगो शेयर भएको कम्पनीको दोस्रो बजारमा गत वर्ष प्रतिकित्ता सबैभन्दा धेरै २१ हजार ११७ रुपैयाँमा कारोबार भयो भने सबैभन्दा सस्तो १८ हजार ५१७ रुपैयाँमा कारोबार भएको छ । वर्षभरिमा जम्मा ४० दिन मात्रै कारोबार भएको थियो । महँगो शेयर भएकोले जम्मा ७४७ कित्ताको मात्रै कारोबार भएको कम्पनीले जनाएको छ ।