नेपाल टेलिकमको मिस्ड कल अलर्ट सुविधा, मोबाइल बन्द हुँदा गरेको कल डिटेल हेर्न सकिने |
काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत कल आएको बारेमा जानकारी लिन सकिने सुविधा ल्याएको छ ।
टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत मोबाइल बन्द हुँदा पनि कल गर्ने सबैको जानकारी आउनेछ । टेलिकमले यो सेवा पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, एसएमएसमार्फत जानकारी पाउन सकिन्छ ।
यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुने टेलिकमले जनायो । यो सेवा लिन ८१४००३ डायल गरेर दिएका विकल्प अनुसार सब एमसिए लेखेर १४००मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ।यो सेवा लिन महिनाको ६ रुपैयाँ तिरे पुग्छ ।