एजीएम घोषणापछि एनआईसी एसियाको कारोबार बढ्यो |

काठमाडौं । एनआईसी एसिया बैंकले असोज १० गते साधारणसभा गर्ने भएको छ । दसैंअघि नै बैंकले १० प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांस बितरण गर्ने भएको छ ।
बैंकले साधारणसभा गर्ने भएपछि नेपाल स्टक एक्सचेञ्जमा दिनभरीमा १ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ । वढि कारोबार हुनेमा एनआईसी एसिया तेस्रो हो । शेयर मूल्य भने थोरै घटेको छ ।
बिहीबार शेयर बजार सूचक पनि ३.७ अंकले झरेको छ । कारोबार रकम पनि २९ करोडमा सीमित भएको छ । फाइनान्स र सामूहिक लगानी कोष सूचक बाहेक सबै घटेका छन् ।
धितोपत्र बोर्डले मार्जिन कारोबारको स्वीकृति दिँदासमेत बजारलाई फरक परेन । आँधिखोला लघुवित्तको शेयर मूल्य करिव १० प्रतिशतले बढ्यो भने अरुण काबेली पावरको ७ प्रतिशत हाराहारीले घटेको छ ।