अर्थमन्त्रालयले तयार गर्यो विदेशी सहयोगको तथ्याङ्क राख्ने सफ्टवेयर |
काठमाडौं । अर्थमन्त्रालयले विदेशी सहयोगको तथ्याङक राख्ने सफ्टवेयर बनाएको छ । मन्त्रालयका इन्जिनियहरुले विदेशी दातृ निकायको सहयोगमा उक्त सफ्टवेयर बनाएका हुन् ।
एड मेनेजमेन्ट इन्फरमेसन सिस्टम (एएमआइएस) नाम दिइएको उक्त सफ्टवेयरले विभिन्न दातृ निकायले दिएको सहयोग रकमको हिसाब पारदर्शी बनाउन मद्यत गर्नेछ ।
आफ्नै क्षमता प्रयोग गरेर सफ्टवेयर बनाउँदा हामी पनि सफ्टवेयर बनाउन सक्षम छौँ भन्ने देखाएको मन्त्रालयको कम्प्युटर इन्जिनियर अमर सुवेदी बताउँछन् ।
‘सबै विदेशी सहयोगको प्रतिवद्धता र क्षेत्रअनुसार भएको खर्चको हिसाब उक्त सफ्टवेयरमा राखिने छ,’ उनले भने । यसअघि यस्तै हिसाब राख्न बनाइएको एड म्यानेजमेन्ट प्लाटफर्म (एएमपी) नयाँ सफ्टवेयर आएपछि हटाइएको छ ।
उक्त सफ्टवेयर बुधबार एक कार्यक्रमका बीच अर्थमन्त्रीले लन्च गरेका हुन् ।