काठमाडौं । अब ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खुलेको छ । धितोपत्र बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रिय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएको छ ।
यस व्यवस्थाले सीडीएससीले मार्जिन कारोबार राफसाफ प्रयोजनका लािग हितग्राही खाता सम्बन्धी व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनु पर्नेछ ।
व्यवस्थापछि राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्य मार्फत् मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने छन् ।
नेप्सेले केही ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्न अनुमति दिइसकेको थियो । त्यसका लागि कुन कम्पनीको कारोबार गर्ने भन्ने पनि टुङ्गो लगाएको थियो ।
मार्जिन कारोवार सुविधा संचालनमा आई धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने बोर्डले जनाएको छ ।
ब्रोकर कम्पनीले प्रदान गर्ने मार्जिन कारोबार सुविधाका लागि ३१ कम्पनी मात्रै योग्य देखिएका छन् ।
कम्तिमा १० हजार शेयरधनी भएका कम्पनीको शेयरमा मार्जिन सुविधा उपलब्ध हुने छ । खुद सम्पत्ती चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा दश प्रतिशत लाभांस वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रमा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधा योग्य हुने छन् ।
नेप्सेले तयार पारेको सूचिमा २७ वटा बाणिज्य बैंकहरुमध्ये ११ वटा मात्रै योग्य देखिएका छन् । त्यस्तै ६ वटा विकास बैंक, तीन वटा हाइड्रोपापवर, ९ वटा माइक्रोफाइनान्स, एउटा होटल र अन्य समुहको नेपाल टेलिकम मात्रै योग्य देखिएको छ ।
तोकिएका कम्पनीहरुको मार्जिन कारोबारका लागि १८० दिनको औषत बजार मूल्य वा अन्तिम बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशतले हुन आउने रकमका लागि लगानीकर्ताले माग गर्न सक्ने छन् ।
मार्जिन कारोबारका लागि कायम हुने व्याजदरलाई भने धितोपत्र बोर्डले आवश्यक परेमा हस्तक्षेप गर्ने भन्दै बजारलाई नै छाडिदिएको छ । कार्य्विधि तयार भएर पनि लामो समयसम्म कार्यान्वयनमा आएको थिएन ।
मार्जिन सुविधाका लागि योग्य कम्पनी
बाणिज्य बैंक
|
विकास बैंक
|
माइक्रोफाइनान्स
|
एभरेष्ट बैंक
|
गरिमा विकास बैंक
|
आरएसडिसि लघुवित्त
|
ग्लोबल आइएमई बैंक
|
मुक्तीनाथ विकास बैंक
|
विजय लघुवित्त
|
माछापुच्छ्रे बैंक
|
कैलाश विकास बैंक
|
वोमी माइक्रोफाइनान्स
|
नेपाल बंगलादेश बैंक
|
पूर्णिमा विकास बैंक
|
आरएमडिसी
|
नेपाल इनभेष्टमेन्ट बैंक
|
तिनाउ डेभलपमेन्ट बैंक
|
एनएमबी माइक्रोफाइनान्स
|
एनआईसी एशिया बैंक
|
गण्डकी विकास बैंक
|
फर्वार्ड कम्युनिटी
|
सानिमा बैंक
|
हाइड्रोपावर
|
लक्ष्मी लघुवित्त
|
नेपाल एसबिआइ बैंक
|
चिलिमे
|
ग्लोबल आइएमई लघुवित्त
|
सनराइज बैंक
|
बुटवल पावर कम्पनी
|
नेशनल माइक्रोफाइनान्स
|
सिद्धार्थ बैंक
|
ङादी ग्रुप पावर
|
होटल
|
हिमायलन बैंक
|
अन्य
|
ओरियन्टल
|
|
नेपाल टेलिकम
|
|