नेपाल लाइफद्वारा गणेश चतुर्थीको दिनमा निःशुल्क स्वास्थ्य शिविर तथा पानी वितरण |

काठमाडौं । गणेश चतुर्थीको पबित्र दिनमा नेपाल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै जुस तथा पानी वितरण गरेको छ । कम्पनीले काठमाडौंको कमलादीस्थित श्री कमललादी गणेशस्थानमा बिहान ६ बजेदेखि नै त्यहाँ आउने भक्तजनहरु लाई शुद्ध पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गणेश चतुर्थीको पबित्र दिनमा यस पवित्रस्थलमा हजारौ भक्तजनहरु वर्तबसी गणेश भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नुपर्दाको असुविधालाई ध्यान दिई कम्पनीले उपलब्ध गराएको निːशुल्क जुस तथा पिउने पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो ।

कम्पनीले विभिन्न चाडपर्वमा भक्तजनहरुको सुबिधाका लागि यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ भने आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।