कुमारी क्यापिटलले लाभांश दिँदै |
काठमाडौं । कुमारी क्यापिटलले पहिलो साधारण सभा असोज २ गते बोलाएको छ । दुईवटा आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथिको छलफल तथा नाफा नोक्सानको हिसाब, लेखा परीक्षकको नियुक्त गर्ने लगायतका विषयलाई कम्पनीले साधारण सभा बोलाएको छ ।
कम्पनीले शेयरधनीहरुका लागि चुक्ता पुँजीको २ प्रतिशतले हुने लाभांश कर सहित ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।