काठमाडौं विश्वविद्यालयमा लगाइएको ताला २१ दिनसम्म खुल्न सकेन |
काठमाडौं । धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला बुधबार २१ दिन बितिसक्दा पनि खुलेको छैन ।
प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो ।
दुवै संघले आफ्ना मागलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय, स्कुल अफ साइन्सको डिनको कार्यालय र स्कुल अफ इञ्जिनियरिङ डिनको कार्यालयमा ताला लगाएको हो ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले आफूहरूले राखेको माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।