युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा भरत बहादुर कार्की सर्वसम्मत चयन |

काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरत बहादुर कार्की सर्वसम्मत चयन भएका छन् । यही भाद्र ९ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई अध्यक्ष पदमा प्रस्ताव गरेको थियो ।
अध्यक्ष पदमा सर्वसम्मत चयन भएका कार्कीले बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।