सामसुङको नोट टेन सार्वजनिक, मूल्य एक लाख ३० हजार |
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सोमबारदेखि ग्यालेक्सी नोट टेन सार्वजनिक गरेको छ । ’डिस्ट्रयाक्सन फ्रि’ भनिएको मोवाइलले प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा थप आकर्षित बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नोट टेनको डिस्प्ले सामसुङको अहिलेसम्मकै उत्कृष्ट रहेको छ । ’शुरुदेखि नै ग्यालेक्सी नोटले बेस्ट अफ दि बेस्ट प्रविधी एवं सुविधाहरुका साथ प्रस्तुत गर्नु पर्दछ भन्ने मान्यताका साथ अगाडी बढ्दै आएको थियो। ग्यालेक्सी नोट टेन यसै मान्यतालाई आत्मसात गर्दै स्मार्ट फोनका पारखीहरुको प्रोडक्टिभिटी तथा क्रिएटिभीटीलाई सहजै माथिल्लो तहसम्म पुर्यारउन मद्धत गर्ने विश्वास लिएका छौँ ।’ सामसुङ इलेक्ट्रोनिक्सका महाप्रवन्धक प्रणय रत्न स्थापितले भने ।
नोट टेनमा भिडियो एडिटिङ, इच्छाअनुसारको गम खेल्न थप सहज हुने महाप्रवन्धक स्थापितले बताए । ग्राहकले फोनमा समावेश गरिएको स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी भिडियो र फोटो लिन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले फोनमार्फत वृहत व्यापारिक योजना, सोसियल मिडीयामार्फत भिडीयो एडटीङ लगायत कृयाकलाप सहजै गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी नोट टेनको नेपाली बजार मूल्य एक लाख १६ हजार रुपैयाँ कायम गरिएको छ भने ग्यालेक्सी नोट टेन प्लसको नेपाली बजार मूल्य एक लाख ३५ हजार रुपैयाँ कायम गरिएको छ ।
ग्राहकले नोट टेन औरा ब्ल्याक, औरा ग्लो र ग्यालेक्सी नोट टेन प्लस औरा ब्ल्याक, औरा ग्लो, औरा व्हाइट लगायत विभीन्न रङमा खरि गर्न सक्नेछन् । सामसुङको प्रविधीतर्फ खोज अध्ययन र विकाससँग रहेको लगावसँगै ग्राहकको माया र विश्वासकै कारण आफ्नो छुट्टै स्थान रहेको महाप्रवन्धक स्थापितले बताए ।
’गत वर्ष नोट नाइन सार्वजनिक गरेपछि ग्राहकको माग र प्रतिक्रियालाई मध्यनजर गर्दै नोट टेन सार्वजनिक गरेका छौँ । हामीले अरु कम्पनीसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि ग्राहकको माग र चाहनामा केन्द्रित रही फोन उत्पादन गर्दै आएका छौँ । त्यही प्रक्रिया अनुसार नोट टेन सार्वजनिक गरेका हौँ ।’ उनले भने ।
फोन आयातमा बजारमा कुनै पनि किसीमको कन्ट्रोल नभएका कारण आधिकारीक बिक्रेतासँगै राज्य र उपभोक्ता मर्कामा पर्दै गएको उनले बताए ।
’राज्यको लागि ग्रे च्यानलबाट आउने प्रसोडक्टमा ट्याक्स उठ्दैन। १३ प्रतिशत भ्याट र २.५ प्रतिशत ड्युटी नै लाग्दैन। यसैगरी डिभाइसमा खराबी आएको खण्डमा स्पेयर पार्ट्स सहज रुपमा पाउन सकिँदैन । कुनै पनि इम्पोर्टरले बाहिर दुई पैसा सस्तो भएपछि ह्याण्डक्यारीमा फोन बोकेर आइदिन्छन् । अहिलेसम्म नेपाल दुरसंचार प्राधिकरणले आइएमइआइ ट्र्याकर संचालनमा ल्याउने बताएको छ । यो स्वागतयोग्य कुरा हो । केही महिनामा व्हाइट लिस्ट कार्यान्वयनमा आउने कुरामा हामी विश्वस्त छौँ ।’ उनले भने ।
नोट टेनको लागि निर्धारण गरिएङ्को मूल्य विदेशी बजारको तुलनामा प्रतिश्पर्धात्मक रहेको उनले बताए। मोबाइल फोनको मूल्य महंगो भए पनि कम्पनीले सर्वसाधरणको क्रयशक्तिका लागि ग्लोवल आइएमइ, नबिल, प्रभु लगायत विभीन्न नौवटा बैंकसँग किस्ताय व्यवस्थाका लागि सहकार्यका लागि छलफल शुरु गरिसकेको उनले बताए ।
ग्यालेक्सी नोट टेन
६.३ इन्च एफएचडी ’फर हाइ डेफिनेसन’ डिस्प्ले रहेको फोनमा अल्ट्रावाइड युक्त तीनवटा १६ मेगापिक्सलको रियर क्यामरा जडान गरिएको छ भने १० मेगापिक्सलको फ्रन्ट क्यामरा जडान गरिएको छ ।
रियर त्रिपल क्यामरामा १६ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स र १२ मेगापिक्सलको वाइड एङ्गल र टेलिफोटो लेन्स जडान गरिएको छ । दुईवटा नानो सिम प्रयोग गर्न सकिने फोनमा आठ जीबी र्यागम र खुई सय ५६ जिबी इन्टर्नल स्टोरेज समावेश गरिएको छ । यो फोनमा ३५ सय एमएच पावरको ब्याट्री जडान गरिएको छ ।
ग्यालेक्सी नोट टेन प्लस
६.८ इन्च क्वाड एचडी डिप्ले रहेको फोनमा १६ मेगापिक्सलको तीनवटा रियर क्यामरा जडान गरिएको छ भने १० मेगापिकसलको फ्रन्ट क्यामरा जडान गरिएको छ ।
रियर क्यामरा अन्तर्गत १६ मेगापिक्सलको अल्टरा वाइड, १२ मेगापिक्सलको वाइड एङ्गल र टेलिफोटो लेन्स रहेको छ । दुईवटा नानो सिम प्रयोग गर्ने सकिने विकल्पमध्ये एउटाको सट्टा एक हजार जिबी मेमोरी कार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
फोनमा १२ जीबी र्याउम र दुई सय ५६ जीबी इन्टर्नल स्टोरेज समावेश गरिएको छ भने ४३ सय एमएएच पावरको ब्याट्री जडान गरिएको छ ।