निसानका गाडी नाटा अटो शोमा बुकिङ गर्दा एमआई ८ लाइट मोबाइल पाइने |
काठमाडौं । काठमाडौंमा शुरु भएको नाडा अटो शोमा निसान गाडीका लागि“फेस्टिभ ड्राइभ” उपहार योजना ल्याएको छ ।
निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकले गाडी बुकिङ गरेवापत ३१,९९९ बराबरको एमआई ८ लाइट मोबाइल निːशुल्क पाउने छन् ।
गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् ।
यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ । ९५,९०० सम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मका बीमा र सडक कर, ३ वर्षसम्मको सर्भि्सिङ्ग, ३ वर्ष वारेन्टी, सर्भि्सिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ ।
नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने कम्पनीले जानकारी दिएको छ ।