नेपाल टेलिकमको डाटामा भारी छुट, ४५ रुपैयाँमा २४ घण्टा एक जीबी डाटा चलाउन मिल्ने |
काठमाडौं । नेपाल टेलिकमले दैनिक रुपमा प्रयोग गर्न मिल्ने डाटा प्याकेज ल्याएको छ ।सहुलियत दरमा प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने प्याकेज टेलिकमले ल्याएको हो ।
यो सुविधा लिन आईडीआईजी लेखेर १४१५मा पठाएपछि २४ घण्टा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । यो प्याकेजका लागि ४५ रुपैयाँ करसहित शुल्क लाग्छ । यो योजना अनुसार प्रति एमबी करसिहत साढे चार रुपैयाँ लाग्छ । कम्पनीले एक साताका लागि साढे दुई सय रुपैयाँमा सात जीबी डाटा योजना समेत ल्याएको छ ।
यो सेवा लिन ७डी ७जी लेखेर १४१५मा पठाउनुपर्नेछ । कम्पनीका अनुसार सात दिनसम्म एक जीबीका दरले डाटा चलाउन सकिन्छ । टेलिकमले सबैभन्दा सस्तो दरको इन्टरनेट सेवाका लागि २८ जीबी समेत ल्याएको छ । ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन सकिने कम्पनीले जनाएको छ ।