रातो बङ्गला फाउण्डेसन र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य |
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्तरराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजनागर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत आयोजना गरिएको तिन दिने सम्मेलन सोमबार समापन भएको छ ।
उक्त तिन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षक शिक्षीकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए । सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षक शिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जना भन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो ।
शिक्षा क्षेत्रको विकासका लागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेललको यस सहकार्यको उदेश्य रहेको छ । दोस्रो अन्तरराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ ।
सम्मेलन शनिवार शुरु भएको थियो । “२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,” उद्घाटन सत्रमा प्रमुख अतिथीका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरीराज मणि पोखरेलले भने ।
सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिको उपस्थिती रहेको थियो । सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भईरहेको उनले बताईन् । उनले सम्मेलनमा सहभागि शिक्षक शिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाका विकासका लागि कक्षा कोठा लगेर बाड्न सुझाइन् ।
“एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । “आवश्यक समयसापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्लेटफर्म प्रदान गर्दै उहाँहरुलाई अझ सशतm बनाउन सहयोग पुप्याउनमा एनसेलको यो सहकार्य केन्दि«त रहेको छ । यस अन्तर्राष्ट्रिय सम्मलेन मार्फत स्थानिय तहका शिक्षक शिक्षिका सम्म पुगी उनीहरुलाई सिप सिकाईका अवसरहरु प्रदान गर्नु हाम्रो उदेश्य हो ।”
“अन्तर्राष्ट्रिय सिकाई पद्धती, हाम्रा स्थानिय कक्षा कोठाहरुसम्म पुर्याउनु र यसका लागि शिक्षक शिक्षिकाहरुलाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य रहेको थियो,” रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले भनिन् । “सार्वजनिक तथा निजी क्षेत्रका दुवैको संलग्नताले नेपालको परिवेशमा गुणस्तरीय शिक्षा प्रवर्धन गर्नको लागि यो सम्मेलन उत्कृष्ट प्लेटफर्म बन्यो । साथै ३०० सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई यस सम्म्ेलनमा भाग लिनका लागि दर्तामा सहगोग गर्न सहकार्य गरेकोमा एनसेल प्रति हामी आभारी छौं र अब एनसेलसँगको सहकार्यमा नै हामी प्रदेश तहमा यस सम्मेलन पश्चात आयोजना गर्ने योजनामा रहेका साना सम्मेलनहरु आयोजना गर्नेछौं । ”
यस अन्तरराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन पश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुनेछन् ।
एक जिम्मेवार व्यवसायिक नागरिकको रुपमा एनसेलले देशको सामाजिक तथा आर्थिक विकासका लागि उल्लेखनिय योगदान पुर्याएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २०११—२०१८ सम्ममा शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, युवा प्रतिभा प्रर्वद्घन जस्ता थुप्रै विभिन्न सामाजिक पहलहरुमा रु. ६७ करोड भन्दा बढी योगदान पुर्याइसकेको छ । एनसेलले शिक्षा क्षेत्रमा मात्र रु. १० करोड भन्दा बढी योगदान पुर्याइसकेको छ र बिगत ८ बर्षमा शिक्षा क्षेत्रमा भएका विभिन्न कार्यत्रमहरुले ५ दर्जनभन्दा बढी सरकारी तथा सामुदायिक विधालयका २६००० भन्दा बढी विद्यार्थीहरु लावान्भित भएका छन् ।