स्वरोजगार लघुवित्तको लाभांश प्रस्ताव |

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्थाले शेयरधनीहरुको लागि गत आवको नाफा र अन्य जगेडा कोषबाट २६ दशमलव ७५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि १ दशमलव ४० प्रतिशत गरी कुल २८ दशमलव १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।