सेञ्चुरी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने, १५ बर्षको बैंकिङ अनुभव |

काठमाडौं । सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको सञ्चालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ ।
विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग सेवामा आएका थिए ।
हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १५ वर्षको अनुभव भएका न्यौपानेसँग प्रमुख सूचना अधिकारीको अनुभव समेत छ । काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर छन् । जीवन भट्टराई बाहिरिएपछि उनी डेपुटी बनेका हुन् ।