मिर्मिरे लघुवित्तको बोनस र लाभांश प्रस्ताव |
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले शेयरधनीहरुको लागि गत आवको नाफाबाट ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।