‘सुन्दर नयन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक |

काठमाडौं । गायक शिव परियारको आवाजमा ‘सुन्दर नयन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुदिप कोइरालाको शब्द तथा दिपक सिलवालको संगीत रहेको गीतलाई दर्शकले रुचाएका छन् ।
यो गीतको भिडियोमा प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा र सन्नी सिंहको मोडलिङ छ । यो गीत हेर्दा दर्शकको आँखा रसाउँछ ।
भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।