काठमाडौं । भोली मंगलबारदेखि राजधानीको भृकुटिमण्डपमा सवारी साधनको कुम्भ मेला शुरु हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनको आयोजनामा हुने मेलामा ९५ ब्राण्डका सवारी साधन सहभागी हुँदैछन् ।
लुब्रिकेन्ट, टायर, एसेसरिज र बैंक तथा वित्तिय संस्था गरेर १ सय ६० वटा स्टल रहनेछ । मेलाको स्टल बनाउने काम धमाधम भइरहेको छ । मेलामा विभिन्न कम्पनीले नयाँ गाडीको बिक्री शुभारम्भ समेत गर्दैछन् ।
नेपालमा सवारीका ग्राहक बढ्दै गएपछि विश्वका चर्चित ब्रान्डहरु नेपालमा आकषिर्त देखिएका छन् । अहिले नेपालमा दुई दर्जन बढी ब्रान्डले प्यासेञ्जर गाडी बिक्री गर्दै आएका छन् ।
ब्रान्डको रुपमा विकास भइसकेको ‘नाडा अटो शो’मा कुन कम्पनीले कस्तो गाडी प्रर्दशनीमा राख्दैछ भनेर आमचासो देखिन थालेको छ । सर्वसाधारणको यही चासोलाई मध्यनजर गर्दै आर्थिक पाटीले विभिन्न कम्पनीसँग कुरा गरी नयाँ मोडलका बारेमा जानकारी गराउने प्रयत्न गरेको छ ।
फोर्ड इकोस्पोर्ट थन्डर
फोर्डको नेपालका लागि अधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले अटो शोमा इकोस्पोर्टको थन्डर मोडल सार्वजनिक गर्दैछ ।
नेपाली बजारमा फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्टमा निक्कै लोकप्रिय एसयूभी हो । इकोस्पार्ट थन्डर एडिसनमा इलेक्ट्रिक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रयुमेन्ट क्लस्टर लगायत परिवर्तन भएको छ । ९ इन्चको फ्लोटिङ टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम नयाँ इकोस्पोर्टमा रहेको छ ।
नयाँ इकोस्पोर्टमा १.५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिन भएको यसले १२१ बीएचपी र १५० एनएम टर्क दिन्छ । त्यस्तै १.५ लिटर टीडीसीआई डिजेल इन्जिनले ९८ बीएचपी पावर र २ सय ५ एनएम टर्क दिन्छ । दुवै इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ । यसको मूल्य ४७ लाख ४० हजार रुपैयाँ पर्ने बताइएको छ ।
टाटा एचफाइभ
टाटाको बहुप्रतिक्षित प्रिमियम एसयूभी टाटा एच फाइभ नाडामा सार्वजनिक गरिँदैछ । कम्पनीले यो गाडीको प्रि बुकिङ समेत खुल्ला गरिसकेको छ । २५ हजार रुपैयाँमा बुकिङ खुल्ला गरेको यो गाडी भारतमा ह्यारियर ब्राण्डमा बिक्री हुन्छ ।
टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एक्स इ, एक्स एम, एक्स टी, एक्स जेड लगायत चारवटा भेरियन्टमा छ।यो गाडीको मूल्य ६५ लाख देखि सुरु हुने छ। २.० लिटर सहित चारवटा सिलिण्डर टर्बो इन्जिनयुक्त एच फाइभमा एक सय ४० पावर र तीन सय ५० न्युटन मिटर टर्क पावर रहेको छ । ५० लिटर इन्धन क्षमता भएको यो गाडी दुई हजार सीसीको रहेको छ ।
गाडीमा छ वटा स्पीड म्यानुअल ट्रान्समिसन समावेश गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले यो गाडीमा रहेको इको, सिटी, स्पोर्ट लगायत तीनवटा मोडमा चलाउन सक्ने छन् । गाडीमा छ वटा एयरब्याग, ट्र्याक्सन कन्ट्रोल, आइएसओ मान्यताप्राप्त चाइल्ड सिट एन्कर, रोल ओभर मिटिगेसन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल लगायत सुविधा रहेको कम्पनीले जनाएको छ ।
गाडीमा ८.८ इन्चको टच स्क्रीनसहितको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फो डिस्प्लेयूक्त इन्फोटेनमेन्ट, डिस्प्ले नेभिगेशन इन्फो, म्युजिक, ट्रिपमिटर र टाकोमिटर लगायत सुविधा जडान गरिएको छ।गाडीमा एलइडी युक्त प्रोजेक्टर हेडल्याम्प जडान गरिएको छ।गाडी एच फाइभ एक्स अवधारणामा बनाइएको हुँदा यसमा सन रुफ नराखिएको कम्पनीले जनाएको छ । ह्यारियरले जिपको कम्पाससँग प्रतिस्पर्धा गर्ने कम्पनीको दाबी छ ।
टोयोटाको र्याभ फोर
टोयोटा गाडीको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले पेट्रोल भेरियन्टको र्यापभ फोर सार्वजनिक गर्ने भएको छ । सन् २०१९मा सार्वजनिक भएको र्यालभ फोरमा अत्याधुनिक सुविधा छन् ।
२.५ लिटर पेट्रोल इन्जिन युक्त गाडीमा चार सिलिण्डर छ । पानोरामिक ग्लास रुफ राखिएको गाडीमा सवार यात्रुले इच्छा लागेको अवस्थामा खोल्न सक्नेछन्। गाडीको इफोटेन्मेन्ट सिस्टमका लागि इन्ट्युन ३.० जडान गरिएको छ। आठ इन्चको टच स्क्रीनमा स्मार्टफोन र ब्लुटुथ मार्फत प्रयोग गर्न सकिन्छ। एप्पल कारप्लेमार्फत चालकले गन्तब्य दिशा, फोन कल, म्युजिक लगायतको सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक र्याफभ फोर र क्याम्री ब्राण्डको हाइब्रिड गाडी सार्वजनिक गर्न लागेको जनाएको छ। गाडीमा स्मार्ट कि सिस्टम, युएसबी पोर्ट, कम्प्याटिबल वाइरलेस चार्जर, डिजिटल रियर भ्यू मिरर लगायतका सुविधा रहेका छन् ।
रेनल्टको ट्राइवर
रेनल्ट गाडीको अधिकृत विक्रेता एड्भान्स अटोमोवाइल्सले नाडा अटो शोमा ट्राइवर सार्वजनिक गर्ने भएको छ । कम्पनीले मेलाबाट ट्राइवरको नियमित विक्री सुरु गर्ने जनाएको छ ।
एक हजार सीसीको सानो यो गाडीमा सात जना अट्न सक्ने सिट क्षमता छ । तीनवटा सिलिण्डर सहित १.० पेट्रोल इन्जिन गाडीमा ७२ पिएस र ९६ एनएम पावर छ । पाँचवटा म्यानुअल स्पीड रहेको गाडीमा पाँचवटा गियर बक्स छ। हुण्डाइ ग्राण्ड आइ(१०, फोर्ड फ्रिस्टाइल, सेलेरियो लगायत ट्राइवरको प्रतिस्पर्धी गाडी हुन् ।
सुजुकीको एस–प्रेसो
सुजुकी गाडीको अधिकृत विक्रेता सिजी मोटोकर्पले यो वर्ष भारतकै सानो एसयुभी एस–प्रेसो सार्वजनिक गर्ने भएको छ । गाडी भित्र्याउन समय लाग्ने भएको कारण कम्पनीले दुई महिना भित्र एस प्रेसो ल्याउने योजना बनाएको जनाएको छ ।
महिन्द्राको मोराजो
महिन्द्रा गाडीको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटेडले मेलामा हालसम्मकै ठूलो पेसेन्जर भेहिकल ’मोराजो’ प्रदर्शनमा राख्ने योजना बनाएको छ ।
आठ जना यात्रु आरामदायी बस्न सक्ने कम्पनीले जनाएको छ । सार्क माछाको आवरणमा आधारित यो गाडीको केही भागमा ’हन्टिङ फिस’ शिकारी माछाको डिजाइन देख्न सकिने कम्पनीले जनाएको छ ।
गाडीको लम्बाई ४५ सय ८५ एमएम र चौडाइ १८ सय ९० एमएम रहेको गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने व्हिल वेस २७ सय ६० एमएम रहेको छ। गाडीमा ग्राहकको सुरक्षा लक्षित एयरब्याग, एन्टिलकिङ ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ लगायतका सुविधा समावेश गरिएको छ।
महिन्द्रा एक्सयूभी–३००
महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक छ ।
यो गाडीमा आकर्षक सनरुफ,एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता छन् ।
कम्पनीका अनुसार एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले यो गाडी सुरक्षित छ ।
नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । गाडीमा रहेको १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि ३५०० आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ ।
कम्पनीका अनुसार १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ। यो गाडीले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
किया सेल्टोस
किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक इन्टर कन्टीनेन्टल ट्रेडिङले किया सेल्टोसको बुकिंङ खुल्ला गरेको छ । कम्पनीले नेपालको फेस्टिभ सिजनमा सार्वजनिक गर्ने तयारी गरिएको एसयुभीको बुकिंङ खुल्ला गरेको हो ।
ग्राहकले पाँच हजार रुपैयाँ तिरेर सेल्टोस बुकिङ गर्न सक्नेछन् । सेल्टोसलाई संभावित, दशैं र तिहारको बीचमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । यो कार बुकिङ गरेका ग्राहकलाई मन नपरेको खन्डमा दश हजार रुपैयाँ फिर्ता गर्ने कम्पनीले बताएको छ ।
भोलिदेखि सुरु हुने नाडा अटो सोमा किया सेल्टोस बुकिङ गर्न सक्नेछन् । यसको सुरुवाति मूल्य ४३ लाख ९० हजारदेखि निर्धारण हुने अनुमान गरिएको छ ।
कियाको नयाँ एसयूभी सेल्टोसले टाटा एच५, हुन्डाई क्रेटा, जीप कम्पाससँग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ ।
यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् ।
यो एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुने छ ।