मन्त्रीपरिषदले पारित गर्यो बाफिया, सञ्चालक र सीईओको उमेर तोकिने |
काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बहन्धि विधेयक मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ । अब अर्थमन्त्री डा. युवराज खतिवडाले बाफिया विधेयक संसदमा टेबुल गर्ने छन् ।
नयाँ बाफिया आएको तीन बर्षमै फेरि संशोधन गर्न लागिएको हो । नयाँ बाफियामा बैंक र ब्यवसायी छुट्याउने प्रावधान राखिएको छ । अब निष्चित प्रतिशतभन्दा बढि शेयर भएका लगानीकर्ताहरुले बैंकबाट ऋण लिन पाउने छैनन् । यदि ऋण लिएमा उनीहरुले बैंकको सञ्चालक समिति छाड्नु पर्ने हुन्छ ।
सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको उमेर हद पनि तोकिएको छ । प्रमुख कार्यकारीले ६५ र सञ्चालकले ७० बर्षभन्दा बढि बैंकमा काम गर्न नपाउने ब्यवस्था बाफियामा उल्लेख गरिएको छ ।
बाफियामा बैंक तथा वित्तीय संस्थाहरुलाई संघीय संरचनामा लैजाने प्रावधानहरु समेटिएको छ ।