नेपालमा लगानीको वातावरण बनेको छ ː महासंघ अध्यक्ष राणा | भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आव्हान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतीय उद्दमीलाई नेपालमा लागनी गर्न आव्हान गरेकी छन् । भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एशियाटिक लिवरल मल्टीफेरियस एसोसिएसन र वल्र्ड बुक्स अफ रेकर्डसले आयोजना गरेको २० औं सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राणाले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि आग्रह गरेकी हुन् ।
संवोधनका क्रममा अध्यक्ष राणाले नेपाल भारत बीचको आपसी सम्बन्धका वारेमा चर्चा गर्दै नेपालको आर्थिक विकासमा आपसी सहयोग र सहकार्यमा जोड दिएको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विदेशी लगानी आकर्षण गरी मुलुकभित्र रोजगारी सृजना गर्नेतर्फ नेपाल सरकार तथा निजी क्षेत्रको जोड रहेको भन्दै अध्यक्ष राणाले यसका लागि आवश्यक मानव संशाधन विकास र स्वरोजगार सृजनामा एएलएमए र वल्र्ड बुक्स अफ रेकर्डस् जस्ता संस्थासंग सहकार्य गर्न महासंघ तयार रहेको बताइन् ।
राणााले एएलएमएले स्थापनाको दुई दशकमा वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, दीगो विकास, सूचना प्रविधि लगायतका क्षेत्र मार्फत स्वरोजगार सृजनामा पाएको सफलता र वल्र्ड बुक्स अफ रेकर्डसले मानिसको चौतर्फी विकासमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् ।