प्रतिनिधिसभाबाट भूमि विधेयक पारित, १० वर्षदेखि सरकारी जग्गा ओगटेका सुकुम्बासीले जग्गा पाउने |
काठमाडौं । भूमि सम्बन्धि २०२१ को संसोधन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बैठकले मंगलबार सर्वसम्मतबाट उक्त विधेयक पारित गरेको हो ।
विधेयकमा सुकुम्बासीहरु सरकारी जग्गा तथा अभिलेखमा बन क्षेत्र भएको उल्लेख भएको क्षेत्रमा १० वर्षदेखि बसेको भए उनीहरुले ओगटेको क्षेत्रफल बराबरको जग्गा दिने उल्लेख छ । विधेयकको छलफलमा भूमिसुधार तथा व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले १० वर्षदेखि जग्गा नभएका व्यक्तिहरु सरकारी जग्गामा बसेको भए सो जग्गा उपलब्ध गराउने जानकारी दिएकी छन् ।
उनले सुकुम्बासी समस्या समाधान जटिल भएको र यसलाई विधेयक मार्फत सम्बोधन गर्ने प्रयास गरिएको बताईन । यस्तै विधेयकले जग्गालाई भूमिको प्रयोग अनुसार छुट्याएको छ । जहापायो त्यही प्लटिङमा समेत रोक लगाइने उल्लेख छ । विधेयक राष्ट्रियसभाबाट पारित भएसँगै राष्ट्रपतिबाट लालमोहर लागेको ९० दिनपछि कार्यान्वयनमा आउने छ ।