बर्षातमा फुर्तिलो रहने उपाए |
बर्षातमा पर्ने रिमझिम पानीले तपाईको साझ–बिहानको घुमफिरमा अषर पार्न सक्छ । यसको मतलब बर्षातमा तपाईले कसरत गर्न छाड्ने त ? एकजना फिटनेश बिशेषज्ञको सल्लाह अनुसार बर्षातको समयमा घरको भुईमा दौडेर तथा नाचेर स्वस्थ्य रहने कोशिस गर्न सकिन्छ । एकजना स्वास्थ्य समाधान तथा सल्लाह दिने बिशेषज्ञले दिएका सुझावहरु इस्ता छन् ।
- धेरैजसो तपाई एउटा निस्चित समयमा ै घुम्न वा जिम गर्न जानु हुन्छ । घर भित्र पनि निस्चित समयमा नै ब्यायाम गर्नुहोस् तथा घुम्न जादा वा जिममा लगाउने कपडा नै लगाउनुहोस् । सजिलो वार्म–अपबाट ब्यायाम सुरु गर्नु पर्छ । केहि समय भुईमा दौडने जस्ता ब्यायाम बाट सुरु गर्न सकिन्छ ।
- घरमा ब्यायाम गर्नका लागि उफ्रने डोरी तथा बरीर कसिलो बनाउने सजिला ब्यायाम उपकरण किन्नु पर्छ । यो राम्रो विकल्प हो किनकी यी उपकरण अर्को बर्षको मनसुनमा पनि काम लाग्छन ।
- आफ्नो घरको भर्याङ ब्यायामको एउटा राम्रो विकल्प हो । तपाईले केहि मिनेटसम्म भर्याङको सिढि चढने र ओर्लने गरेर ब्यायाम गर्न सक्नुहुन्छ ।
- पुस अप तथा उठ–बस मांसपेसी मजबुत बनाउने राम्रो कसरत हो । साथै योग गर्नुहोस । यसले मनशुनको समयमा आमरुपमा हुने स्वासप्रश्वासको समस्यालाई घटाउन मद्वत गर्छ ।
- यदि तपाईलाई डान्स गर्न मन पर्छ भने दिल खोलेर डान्स गर्न सक्नुहुन्छ । मनसुनको समयमा घरमा गरीने कसरतलाई रमाइलो बनाउने यो राम्रो तरीका हो ।
- घरको काम गर्नाले पनि सरीर स्वस्थ्य रहन्छ । कसरतकारुपमा दराज, कोठाका साथै पुरै घरको सफाई गर्नुहोस । भाडा तथा कपडा सफा गर्नुहोस ।