गर्मीमा स्वस्थ रहन यी काम गर्नुहोस् | पानीको सेवन बढाउनुहोस्

यतिबेला देशभर गर्मी बढेको छ । जाडोयाममा भन्दा यो समयमा तुलनात्मक रूपमा स्थास्थ्य समस्या बढी हुने गर्छ । गर्मीमा धेरै पसिना निस्कने हुँदा शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले, पानीको सेवन बढाउनुपर्छ । यसले जलवियोजन हुन पाउँदैन । प्रशस्त पानी पिउनाले शरीरको तापक्रम पनि सन्तुलित रहन्छ । गर्मीयाममा यी कुराहरूमा ध्यान दिनुपर्छ ː
चियाकफी कम पिउनुहोस्

सबैजसो मौसममा चियाकफी पिउने बानी अधिकांशको हुन्छ । तर, गार्मी याममा भने चियाकफी काम पिउनुपर्छ । किनकि, यसले शरीरमा सुगरको लेबल बढाइदिने हुनाले धेरै स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । साथै, यसले शरीरमा पानीको मात्रा पनि कम गराउँछ ।
चिसो पेयपदार्थबाट टाढै रहनुहोस्

गर्मीमा तपाईं चिसोपानी जति नै पिउनुहोस्, यसबाट तपाईंको प्यास मेटिँदैन । पेयपदार्थको चिसोले रक्त नली खुम्च्याइदिने हुनाले यसबाट शरीरमा निकै असहजता उत्पन्न हुन्छ । गर्मीमा चिसो पेयपदार्थको सट्टा फलफूल तथा जुसको सेवन बढाउनुहोस् । शरीरलाई सन्तुलित र स्वस्थ राख्न यसले ठूलो सहयोग पु¥याउँछ ।
ड्राई फ्रुट्स कम खानुहोस्

सजिलो र छिट्टो हुने भएकाले ड्राई फ्रुट्सको सेवन धेरैले गर्छन् । तर, यस्ता खाद्यपदार्थले शरीरको तापक्रम बढाउने हुनाले गर्मीमा खानु हुँदैन । ड्राई फ्रुट्सको सट्टा ताजा फलपूmल नै सेवन गर्नुहोस् । ड्राई फ्रुट्स खानैपर्ने अवस्था आए पानीमा केही समय भिजाएर खान सक्नुहुन्छ ।
शरीरलाई गर्मी गर्ने खानेकुरा नखाऔं

पालुङ्गो, मुला, लसुन तथा प्याजजस्ता गर्मी गराउने पदार्थ खानु हुँदैन । साथै, खाना बनाउँदा मसालाको प्रयोग पनि कम गनुपर्छ ।
गुलिया खानेकुरा नखाऔं

गुलिया खानेकुराले शरीरमा गर्मी पैदा गर्छ । त्यसैले, चिनी, महलगायतको सेवन कम गर्नुहोस् । यस्ता विभिन्न उपाय अपनाई गर्मीमा स्वस्थ र स्फूर्तिलो रहन सकिन्छ ।
प्रस्तुति ː मदन लामिछाने