ओपोका दुई नयाँ गेमिङ प्रविधि |
चीनको शाङघाईमा आयोजना भएको चाइनाजोइ गेमिङ एक्स्पोमा ओपोले दुई नयाँ प्रविधि प्रदर्शन गरेको छ। नेटवर्क र ग्राफिक्ससँग नयाँ प्रविधि कम्पनीले प्रदर्शन गरेको हो ।
कम्पनीका अनुसार “गेम कलर प्लस ” र “डुअल वाई–फाई” प्रविधि प्रदर्शन गरिएको छ । गेम कलर प्लसले मोबाइल वा डिभाइसमा देखिने चित्रलाई यथार्थपरक देखाउने छ। यसले वास्तविक दृष्य तथा फोटो देखाउन मद्दत गर्ने छ। त्यस्तै डुअल वाई–फाईले भने नेटवर्कको गतिमा तिब्रता ल्याउन सघाउने छ ।
यी दुवै प्रविधि गेमिङअनुकुल भएको कम्पनीले जनाएको छ । पछिल्लो समय गेमिङमा युवापुस्ता आकर्षित भएको र त्यहीअनुसारको इन्टरनेट र ग्राफिक्स पनि गुणस्तर चाहिने भएकाले यसलाई सघाउने प्रविधि ल्याइएको कम्पनीले प्रष्ट पारेको छ ।
गेम कलर प्लस, ओपो र अमेरिकी कम्पनी क्वालकम बिचको प्राविधिक सहकार्यमा तयार भएको हो। यसले मोबाइल फोन गेम्सका लागि सुधारित डिस्प्ले ईफेक्ट देखाउछ। यसबाट गेम खेल्दा दृष्य अझ वास्तविक देखिने कम्पनीले जनाएको छ। यो प्रविधिले प्रयोग अनुमभुतिमा सुधार ल्याउनुका साथै ब्याट्री र उर्जा पनि कम खपत गर्ने छ ।
त्यस्तै अर्को नेटवर्किङ प्रविधि हो डुअल वाई–फाई प्रविधि। ओपोले कलर ओएस ६ प्रयोग हुने स्मार्टफोनका लागि नयाँ डुअल वाई–फाई प्रविधि सार्वजनिक गरेको छ । यसमा समाहित नयाँ फिचरले उपकरणलाई एकै साथ दूई भिन्न सञ्जालसंग सम्पर्क स्थापित गर्ने, स्वतन्त्ररुपमा डाटा प्रेशित तथा प्राप्त गर्न, समग्र कनेक्शन गति समायोजन तथा मोबाइल भिडियो तथा गेम मार्फत प्रयोगकर्ताको अनुभवलाई वास्तविक बनाउन सहयोग गर्ने छ ।
ओपोको डुअल वाई–फाई प्रविधि ओपो रेनोमा उपलब्ध गरिएको डीबीएसरडीबीडीसी चिप प्रविधिबाट सञ्चालित छ । यसले स्मार्टफोनलाई दूई समान वा भिन्न एसएसआईडी भएका भिन्दा भिन्दै वाई–फाई हटस्पट्ससंग विना कुनै रुकावत सम्पर्क स्थापित गर्न सघाउँछ ।
डुअल वाई–फाई प्राथमिक तवरमा दूई विशेष अवस्थाका लागि उपयुक्त हुन्छ । पहिलो, जब उपकरणले चलायमान सञ्जाल वातावरणमा कमजोर सिग्नल प्राप्त गर्छ । यस्तो जानकारी पाउने वित्तिकै उपकरणले वैकल्पिक सिग्नलसंग सम्पर्क स्थापित गर्छ । दोस्रो जब प्रयोगकर्ताले कुनै फाइल डाउनलोड गरिरहेको हुन्छ । यस अवस्थामा भने उपकरणले डाउनलोडको गतिमा तिब्रताका लागि डुअल वाई–फाई सक्रिय बनाउँछ ।