अमेरिकी प्रतिबन्धले हुवावे लाई अषर पारेन, कमाइ २३ प्रतिशतले बढ्यो |
अमेरिकाले प्रतिबन्ध लगाए पनि चिनियाँ टेलिकम जायन्ट हुवावेको कमाइमा भने असर परेको छैन । सन् १०१९ को ६ महिनामा हुवावेको आम्दानी २३ प्रतिशतले बढेको छ ।
अमेरिकाले कालोसूचीमा राखेपछि अमेरिकामात्र होइन अमेरिकी कम्पनीसँगको कारोबारमा पनि प्रतिबन्ध भएको छ ।स्मार्टफोनमा एन्ड्रोयड नचल्ने भनिएपछि धेरैले स्मार्टफोनको व्यापार घट्ने प्रक्षेपण गरेका थिए। तर तथ्यांकले त्यसको पनि खण्डन गरेको छ ।
यद्यपी छोटो समयमै व्यापारमा प्रभाव नपर्ने भएकाले वर्षको अन्त्यसम्म देखिनसक्ने कतिपयको अनुमान छ । अघिल्लो वर्षको तुलनामा हुवावेका स्मार्टफोनको ओसारपसार पनि २४ प्रतिशततले बढेको कम्पनीले जानकारी दिएको छ ।