नयाँ प्रविधि सहित सार्वजनिक भयो पेमेन्ट गेटवे ‘सेलपे’ |
काठमाडौं । प्रविधिको विकाससँगै भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ सार्वजनिक भएको छ । व्यवसायीक समुह आईएमएस ग्रूपले उक्त सेवा संचालनमा ल्याएको हो । बजारमा हाल संचालनमा रहेका भन्दा फरक र नविनतम प्रविधि सहित सेलपे सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानले जानकारी दिए ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विना आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । जसमा विभिन्न अन्तररराष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाई बनाइएको छ । उक्त पेमेन्ट गेटवेको आज एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सार्वजनिक गर्दै छन् ।
सेलपेमार्फत दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायत सबैखालका विद्युतीय भुक्तानी गर्न सकिने प्रधानले जानकारी दिए । उनका अनुसार सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा हो ।
सेलपेमार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो । सेलपे सेवा अत्यन्तै भरपर्दो सेवा हो । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् ।
सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपेमार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । साथै अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त गर्नु हुनेछ । के हो सेल पे ? सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ ।
सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ । सेलपेबाट भुक्तानी गर्दा छुट्टै वालेट बनाउन पर्दैन । भुक्तानी गर्दा वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झंझटिला प्रक्रियाहरु अपनाउनु पर्दैन । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो । यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्ने छन् । सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईण्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाईन भुक्तानीहरु गर्न सकिने छ । यसरी लिन सकिन्छ सेलपेको सेवा गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोर वा हाम्रो वेबसाईटमा गई सेलपे एप्प आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने छ ।
जसमा आफ्नो विवरण केवाईसी अपलोड गरी बैंक खाताहरु जोड्न पर्नेछ । जसमा सेलपेसँग आवद्ध भएका सबै बैंक खातालाई आबद्ध गराउने सकिने छ । यस्तो छ सेलपे लोयल्टी सेलपे लोयल्टी एक ग्राहक ईनाम योजना हो । जुन योजनामा तपाईले तपाईको हरेक कारोवारमा एक निश्चित वोनस रकम प्राप्त गर्न सक्नु हुनेछ । त्यसरी प्राप्त बोनसबाट मोवाईल सिचार्ज गर्न किने छ । उक्त पेमेन्ट गेटवेमा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित गरिएका कारोवारका सीमाहरु लागू हुने छन् जुन कारोवारको प्रकारमा आधारित हुने छन् । सेलपेमार्फत रकम ट्रान्सफर गर्दा न्यूनतम २ रुपैयाँदेखि २० रुपैयाँसम्म लाग्नेछ ।