नाडा अटोशोमा महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुँदै |
काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर भेहिकलको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले यसपटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु एक्सयूभी–३०० तथा मराजो नेपाली बजारमा सार्वजनिक गर्न गर्ने भएको छ ।
केही समय अघि मात्रै भारतीय बजारमा सार्वजनिक भएका दुई गाडी महिन्द्राले उत्पादन गरेको स्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) एक्सयूभी–३०० र कम्पनीकै पहिलो लग्जरी मल्टि पर्पोज भेइकल –एमपीभी) मराजोले नाडा अटो शो २०१९ मा सबैको ध्यान खिच्ने कम्पनीको दाबी छ ।
महिन्द्रा एक्सयूभी–३००
महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतीक्षा गरिएको मिड साइज एसयूभी हो । महिन्द्राको नयाँ प्लाटफर्म एक्स १०० अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ । यसमा आकर्षक सनरुफको साथै एलईडी डेटाइम रनिङ लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् ।
एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ ।
नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि ३५०० आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । साथै, १।५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्नेछ ।
महिन्द्रा मराजो
महिन्द्राको पहिलो एमपीभी मराजोेको डिजाइन सार्क माछाबाट प्रेरित भएको छ भने कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित गरि निर्माण गरिएको छ ।
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।
मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ भेन्ट सिस्टम जडान गरिएको छ । कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
कारमा थ्री–स्पोक स्टेयरिङ ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोनिक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ । महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ ।