हुवावेले पहिलो पटक गर्यो फाइभजी स्मार्टफोन सार्वजनिक |
टेक जायन्ट हुवावे आफ्नो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले व्यावसायिक प्रयोगका लागि हुवावे आफ्नै मुख्यालय रहेको चिनियाँ सहर सेन्जेनमा सार्वजनिक गरेको हो ।
हुवावेको फोन विभाग प्रमुखका अनुसार चीनमा फाइभजी लाइसेन्स पाएको पहिलो फोन हो मेट२०एक्स हो ।
यो फोनमा २ वटा सिम प्रयोग हुन्छन्। ४० मेगापिक्सल क्यामेरा भएको यसमा ७.२ इन्चको स्क्रिन छ । २५६ गिगाबाइट स्टोरेज क्षमता भएको यो फोनको चिनियाँ बजारमा ६ हजार १९९ चिनियाँ युआन (९१२ अमेरिकी डलर) तोकिएको छ ।
यसमा हुवावेकै किरिन ९८० चिपसेट प्रयोग भएको छ । हुवावेले आफ्नै एन्ड्रोयडजस्तै अपरेटिङ सिस्टम होङमेङ छिट्टै बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।