धितोपत्र बोर्डले कार्यान्वयनमा ल्यायो प्रविधि नीति, शेयर बजार र सीडीएससीको प्रणाली ‘अडिट’ हुने |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुचना प्रविधि नीति ल्याएको छ । बोर्डले धितोपत्र तथा बस्तु विनियमय बजारसँग सम्बन्धी सूचना प्रविधि पुर्वाधारको विस्तार गर्न प्रविधि नीति ल्याएको जानकारी दिएको छ ।
बोर्डले सूचना प्रविधिको उपयोगमार्फत धितोपत्र तथा बस्तु विनियम बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशिल र विश्वसनीय बनाउने जनाएको छ ।
सूचना तथा प्रविधिको प्रयोग गरी बजार अनुगमन तथा सुपरिवेक्षण गर्न सजिलो हुने बोर्डको तर्क छ । प्रविधिको प्रयोग मार्फत गुनासो समाधानका कार्यहरु हुने छन्। बजार कारोबार, राफसाफ तथा फछ्र्योट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउसँग सम्बन्धित अभिलेकको सुरक्षित प्रयोगका लागि अन्तरराष्ट्रिय मापदण्ड अनुरुपको नीति ल्याएको जनाइएको छ ।
सफ्टवेयर निर्माणका लागि निस्चित मापदण्ड सहितको एक तहको मानक निर्धारण गरिने बोर्डले जनाएको छ । बजार प्रणाली र केन्द्रिय निक्षेप प्रणालीको सिस्टम अडिट गर्ने बोर्डको रणनीतिमा उल्लेख छ ।
बोर्डले बजारसँग सम्बन्धित सूचना प्रविधि साधनहरुलाई स्तरीय प्रभावकारी तथा विश्वसनीय बनाउन यस सम्बन्धी निर्देशिकाहरु बनाइ लागु गर्ने भएको छ ।
यो नीति कार्यान्वयनका लागि बोर्डले उपकार्यकारी निर्देशकको संयोजनामा ५ सदस्यीय समिति हुने व्यवस्था गरेको छ । साथै नीति कार्यान्वयनको लागि अनुगमन तथा मूल्याङ्कन बोर्डको उच्च व्यवस्थापनले गर्ने व्यवस्था गरिएको छ ।