साउनभित्रै चक्रपथमा ७ वटा विजुली बस चल्ने, भाडा ५ रुपैयाँ सस्तो |
काठमाडौं । साउनभित्र काठमाडौं उपत्यकाको रिङ्गरोडमा ७ बिजुलीबस चल्ने भएको छन्। सुन्दर यातायात प्रालीले एकैपटक ७ बिजुलीबस रिङ्गरोडमा सञ्चालन गर्न लागेको हो । ‘२ बस आइसकेका छन् र ५ आज चाइनाबाट हिडीसक्यो । यो महिनाभित्रै बस सञ्चालनमा आउछ,’ सुन्दर यातायात प्रालीका अध्यक्ष भेषबहादुर थापाले भने ।
हालका लागि रिङ्गरोडमा रुट परमिटका लागि निवेदन दिएको र पछि गाडी आउँदा रिङ्गरोड बाहेका सडकमा पनि बिजुलीबस संचालनमा ल्याइने थापाले जानकारी दिए ।
सुन्दर यातायातले यो वर्ष भित्र २५ ओटा विजुलीबस सञ्चालनमा ल्याउने जनाएको छ । सुन्दरले सुरुवाती चरणमा ४० सिट र ३० जान उभिएर यात्रा गर्न मिल्ने ४ ओटा तथा ३५ सिट र २५ जाना उभिएर यात्रा गर्न मिल्ने ३ ओटा बस संचालनमा ल्याउने छ । यी बसको भाडा अरु सार्वजनिक गाडीका भन्दा ५ रुपैयाँ कम हुने थापाले जानकारी दिए ।
‘यो गाडीको खर्च निकै न्यून छ । त्यसकारण अरुले २० रुपैयाँ लिएको ठाउँमा हामी १५ रुपैयामा यात्रा गराउछौ । विद्यार्थी लाई पनि त्यही अनुसार छुट छ,’ थापाले भने ।
त्यसैगरी अशक्त, अपांगलाई निशुल्क यात्रा गराउने उनले जानकारी दिए । यात्रा क्यास लेस बनाउन सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ जारी गर्दै छ जो २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैया व्यालेन्स हुने थापाले जानकारी दिए ।
त्यस्तै प्रभु पे बाट भाडा तिर्न सकिने र भाडा तिर्न सहजताको लागि अरु तरिका प्रयोग गर्ने तयारी भइरहेको उनले जानकारी दिए । गाडीमा ७ ओटा सीसी क्यामरा, जिपिएस, ह्याङ्गर लगाएतको विशेषताहरु रहेका छन् ।