वल्र्डलिंकको नयाँ अफर, अब हरेक टीभीमा यूट्युब |
काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले अब हरेक टीभीमा यूट्युब नामक अफर ल्याएको छ ।
यस सेवा अन्तर्गत वल्र्डलिंकका नेटटीभीको प्रयोगकर्ताहरुले अब आफ्नो टीभी मार्फतनै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्नुहुने कम्पनीले दाबी गरेको छ ।
यो सुविधा स्मार्ट टीभीमा मात्र नभई नन स्मार्ट वा सीआरटी टीभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुका लागि ८० भन्दा बढी एचडी च्यानलहरुसँगै उत्कृष्ट तहको टीभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।
अब नेटटीभी प्रयोगकर्ताहरुले नियमित टीभी च्यानल कन्टेन्टमात्र नभई आफुलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्दछन् ।
यो सुविधा प्रयोगकर्ताहरुले यूट्युब स्क्रिनलाई आफ्नै स्मार्टफोनबाट टीभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटीभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुने कम्पनीको दाबी छ ।
यो अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ ।
पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटीभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्नेछन् ।