थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीको उद्धार |

काठमाडौं । थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार गरी नेपाल फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको हो ।
काठमाडोंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल होटेल एण्ड एयरलाइन्स बिजनेस स्कुल (आइ–एचएबीएस) मा फूड एण्ड बेभरेज तालिमका गएका उनीहरूले भने बमोजिमको तालिम र सुबिधा पाएका थिएनन् ।
नीहरूले सम्झौता भएअनुसार तालिम तथा सुविधा नपाएपछि दूतावास गुहारेका थिए । बैंककस्थिति नेपाली दूतावासले साउन १ गते ३ जना र ३ गते ७ जनाको उद्धार गरी नेपाल फर्काएको हो ।
साथै दूतावासले कुनै पनि कन्सल्टेन्सीमार्फ विदेशस्थित शैक्षिक संस्था तथा इन्स्टिच्युट र स्कूलमा तालिम र अध्ययनका लागि आउँदा विस्तृत जानकारी लिएर मात्रै आउन आग्रह गरेको छ ।
आफू जाने सँस्थाले विद्यार्थी वा प्रशिक्षार्थी भर्नाको अनुमति लिए नलिएको, भौतिक पूर्वाधार भए नभएको थाहा पाएपछि मात्रै थप प्रकृया अघि बढाउन दूतावासले सूचित गरेको छ ।
